तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको राजनीतिक प्रतिवेदन तयारः अध्यक्ष प्रचण्ड

पुष्करराज बुढाथोकी, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन तयार भएको बताउनुभएको छ ।

नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन नेपालको एकता महाधिवेशनलाई आज भक्तपुरको बोडेमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच सहमतिमा पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनको टुंगो लागेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन तयार भएसँगै पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति प्रस्ट भएको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले संसारमा कम्युनिष्टहरु आन्दोलन गर्न लोकप्रिय तर शासन गर्ने सवालमा अलोकप्रिय बन्ने गरेको भन्दै गुटगत स्वार्थलाइ त्यागी सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

नेकपा नेतृत्वको सरकारले जनअपेक्षा अनुसार बिकास र समृद्धिको सपना पुरा गर्न नसके दुर्भाग्य हुने बताउँदै उहाँले यस बेला नेकपा र नेकपा नेतृत्वको सरकार बिशेष परिस्थितिमा रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button