तपाईँ सुन्दै हुनुहुन्छः

२८ गतेभित्र बालीनाली थन्काइसक्न विभागको अनुरोध

आकाश तारा बयक । जल तथा मौसम विज्ञान विभागले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्न सबैमा अनुरोध गरेको छ ।

विभागले आज सूचना जारी गरी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली सम्भव भएसम्म यही असार २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो ।

हाल नदी र खोलामा जलस्तर बढ्दो क्रममा रहेको र एक हप्तापछि बहाव उच्च हुने विभागको अनुमान छ ।

आज केही स्थानमा भारी वर्षा हुने र यस्तो अवस्था सोमबारसम्मै रहने अनुमान गरिएको मौसमविद मन्जु बासीले बताउनुभयो ।

डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने विभागको अनुमान छ ।

साथै केही नदी तथा खोलामा आकस्मिक बाढी र पहाडीक्षेत्रमा पहिरोकोे सम्भावना रहेकाले सबैलाई सतर्क रहन विभागले सूचना जारी गरेकोे हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button