तपाईँ सुन्दै हुनुहुन्छः

फैसला भएको सत्र वर्षपछि पक्राउ

भोजपुर। जिल्ला अदालतबाट फैसला भएर फरार भोजपुरका एक व्यक्ति सत्र बर्षपछि पक्राउ परेका छन् ।
आगलागी मुद्दामा जिल्ला अदालत भोजपुरबाट २०५९ साल असार २७ गते ३ वर्ष ४ महिना १८ दिन कैद सजाय भएर फरार रहेका भोजपुर नगरपालिका वडा नम्वर ३ गुप्तेश्वरको चौहानवारी बस्ने ३९ वर्षका कृष्ण बहादुर चौहान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले बताउनुभयो ।
प्रहरी निरिक्षक राजवंशीका अनुसार इटहरी उपमहानगरपालिका वडा नम्वर २ हलगडाबाट लुकिछिपी बसेको अवस्थामा प्रहरीले असार १५ गते पक्राउ गरी उनलाई भोजपुर ल्याएको थियो ।
चौहानलाई असार १८ गते अदालतमा पेश गरिएको र कैदको लगत कट्टा गर्ने प्रयोजनका लागि जिल्ला कारागार चलान गरिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button