तपाईँ सुन्दै हुनुहुन्छः

अझै पूरा भएन खुला दिसामुक्त क्षेत्र अभियान

काठमाडौँ-मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् । सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिरहँदा अझै पनि काठमाडौँ र वीरगञ्ज महानगरपालिकासहित ६३ स्थानीय तह खुला दिसामुक्त भएका छैनन् ।

सरकारले आगामी असोज १३ गतेभित्र मुलुकलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको बेला ती स्थानीय तहलाई छिटोभन्दा छिटो आआफ्नो क्षेत्रलाई खुला दिसामुक्त घोषणा गर्न निर्देशन दिएको छ । मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले खुला दिसामुक्त क्षेत्र घोषणा गर्नेे अभियानलाई सफल पार्न घोषणा हुन बाँकी रहेका स्थानीय तहलाई घोषणा गर्न निर्देशन दिइएको जानकारी गराउनुभयो ।

सरकारले सन् २०१७ सम्ममा मुलुकलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम रहे पनि गर्न सकेको थिएन । खुला दिसामुक्त क्षेत्र घोषणा गर्नेमा सबभन्दा अगाडि कर्णाली र सुदूरपश्चिम प्रदेश रहेका छन् । ती प्रदेशका सबै स्थानीय तहले खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी गराउनुभयो ।

सबभन्दा बढी प्रदेश नंं २ का स्थानीय तह खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका छन् । प्रदेश नं २ मा ४३ स्थानीय तहले खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेको छ । बारामा १४, पर्सामा चार, धनुषा १६, महोत्तरी आठ र सर्लाहीमा एक स्थानीय तह रहेका छन् । यस्तै सिन्धुपाञ्चोकमा ११, काठमाडाँैमा एक, कपिलवस्तु पाँच, भोजपुर दुई र सोलुखुम्बु एक स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button