तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिबन्धित भारतीय कम्पनीको औषधि बरामद

भद्रपुर, झापा । झापाको मेचीनगरबाट प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय ओरियन्स कम्पनीको औषधि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोसाकका प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ फोहोरमैला भन्ने स्थानबाट प्रतिबन्धित ओरियन्स कम्पनीको अन्दाजी पाँच लाख मूल्य बराबरको दुई कार्टुन औषधि बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बरामद गरिएको औषधि आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइने भएको छ ।

नेपालमा प्रतिबन्ध लागेपछि सो कम्पनीका भारतीय एजेन्टहरुले नेपाली युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएर अवैध रुपमा औषधि नेपाल भित्र्याउन प्रायेग गर्दै आएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button