तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ स्वास्थ्य नीति सार्वजानिक

काठमाडौं । संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हक आम नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ स्वास्थ्य नीति २०७६ सार्वजानिक गरेको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज मन्त्रालयमा आयोजित कार्यक्रममा छ वटा उद्देश्य, २५ नीति र १४६ रणनीति रहेको स्वास्थ्य नीति सार्वजानिक गर्नुभएको हो ।

सङ्घीय संरचना अनुरूप सबै किसिमका स्वास्थ्य प्रणालीको विकास, विस्तार र सुधार, सबै तहका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार, सहज पहुँच सुनिश्चित, अति सीमान्तकृत वर्गलाई समेट्दै सामाजिक स्वास्थ्य सुरक्षा पद्धतिलाई सुदृढ गर्नु नयाँ नीतिको उद्धेश्य रहेको छ ।

गत जेठ १० गते मन्त्रिपरिषद् बैठकले स्वीकृत सो नीतिको थप उद्देश्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग बहुक्षेत्रीय साझेदारी, सहकार्य तथा सामुदायिक सहभागितालाई प्रवद्र्धन र नाफामूलक स्वास्थ्य क्षेत्रलाई सेवामूलक सेवामा रूपान्तरण गर्दै जानु रहेको छ ।

स्वास्थ्य सेवालाई अगामी दिनमा थप सुदृढ बनाउन नीतिमा महत्वकाङ्क्षी बुँदा समेटिएको छ । पछिल्लो स्वास्थ्य नीति २०७१ कार्यान्वयनमा आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button