तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले ठक्कर दिदा रुपन्देहीका दुइ जनाको मृत्यु

कावासोती– नवलपुरको कावासोतिमा ट्रकसँग मोटरसाइकल ठोक्किदा दुइ जनाको मृत्यु भएको छ । आज विहान ( सोमबार) ५स्१५ बजेको समयमा खरकट्टा जगल स्थित पुर्व पश्चिम महेन्द्र राजमार्गमा पुर्व बाट पश्चिम तर्फ आइरहेको लु २ ख १० नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादा दुइजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका वडा नम्बर ७ बस्ने २७ बर्षिय मिलन भट्टराई र सोही ठाउ बस्ने ३३ वर्षिय तारा पोख्रेल रहेका छन ।

ठक्करबाट गम्भिर घाइते दुवैलाई उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएको थियो । उपचारमा संलग्न चिकित्सकले दुवैलाई मृत घोषणा गरेका गरेका हुन् । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button