तपाईँ सुन्दै हुनुहुन्छः

महालेखापरिक्षक कार्यालयले मनायो वार्षिकोत्सव

काठमाण्डौ । महालेखापरिक्षकले आज ६१ औ वार्षिकोत्सव सभामुख कृष्णबहादुर महराको प्रमुख आतित्यथामा मनाएको छ । सभामुख कृष्णबहादुर महराले मुलुकमा बित्तिय अनुशासन कायम गरि सुशासन प्रर्वद्धन गर्ने कार्यमा महालेखापरिक्षकको कार्यालयको महत्वपूर्ण योगदान रहदै आएको बताउनुभएको छ ।

महालेखापरिक्षकको कार्यालयको ६१ औ वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा सभामुख महराले सार्वजनिक क्षेत्रमा हुने गरेका आर्थिक अनियमितता, राजस्व चुहावटजस्ता बेथिति नियन्त्रण गर्न कार्यालयको भुमिका महत्वपूर्ण रहदै आएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्याक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले कुनै पनि कार्यक्रमको केवल औपचारिकताका लागि मात्र नभई, प्रभावकारिताका लागि पनि लेखा परीक्षण महत्वपूर्ण रहेको बताउनुभयो ।

महालेखापरिक्षक टंकमणि शर्मा दंगालले महालेखापरिक्षकको कार्यालयले कसैको दबाब प्रभावबाट विचलित नभई संवैधानिक जिम्मेबारी पुरा गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button