तपाईँ सुन्दै हुनुहुन्छः

आज असार १५ धान दिवस

काठमाण्डौ । राष्ट्रिय धान दिवस, धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ बिभिन्न जिल्लामा धान रोपेर मनाईएको छ ।

सरकारले धान उत्पादन वृद्धि गर्ने उद्देश्यले असार १५ लाई २०६२ सालदेखि राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालेको हो ।

कृषि विभागको तथ्याङ्क अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

तराईमा करिब ७० प्रतिशत, पहाडमा २६ प्रतिशत र हिमालमा ४ प्रतिशत जमिनमा धान बाली लगाईन्छ ।

समयमा पानी नपर्नु, पर्याप्त सिंचाईको सुविधा नहुनु, गुणस्तरीय बीउ र समयमै मलखाँद नपाईने अवस्थाले धान उत्पादनमा वृद्धि हुन नसकेको किसानहरु बताउछन् ।

त्यसैगरी, परम्परागत तरिकाबाट भन्दा आधुनिक प्रविधि र वैज्ञानिक तरिकाले खेती गर्ने हो भने धान उत्पादन बृद्धि गर्न सकिने विज्ञहरुको भनाई रहेको छ ।

राष्ट्रिय धान दिवसका अवसरमा कृषि तथा पुशपन्क्षि बिकास मन्त्री चक्रपाणी खनालको उपस्थितिमा आज बर्दियामा पनि राष्ट्रिय धान दिवस मनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button