तपाईँ सुन्दै हुनुहुन्छः

छोरीलाई प्रोत्साहन गर्न साईकल वितरण

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नम्बरं २ का मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत आज जनकपुरधाममा छात्राहरुलाई साइकल वितरण गर्नु भएको छ ।

मुख्यमन्त्री राउतले जनकपुरधाम स्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १ सय १४ जना छात्राहरुलाई साइकल प्रदान गर्नु भएको हो ।

उहाँले छात्राहरुलाई पठनपाठन प्रति आकर्षित गर्न र विद्यालयमा टिकाई राख्नका लागि साईकल वितरण गरिएको बताउनुभयो ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरुलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई नै अग्रपक्तिमा राख्ने शोच सहित काम गर्न थालेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button