तपाईँ सुन्दै हुनुहुन्छः

छात्राका लागि आत्मसुरक्षा तालिम

काठमाडौं । सरकारले विद्यालयमा अध्ययनरत छात्राका लागि आत्मसुरक्षा तालिमको शुभारम्भ गरेको छ । प्रदेश नं २ का आठवटै जिल्लाका विद्यालयमा यो तालिम सञ्चालन हुनेछ ।

तालिमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले महिला हिंसा बढिरहेको अवस्थामा विद्यालयमा पढ्ने छात्राहरुलाई आत्मसुरक्षाका लागि तालिमको आयोजना गर्न सुरु गरिएको बताउनुभयो ।

कानूनमन्त्री यादवले शिक्षा, स्वास्थ्य तथा अवसरका दृष्टिले मुलुकमै पछि परेको प्रदेश नं २ का किशोरीहरुलाई शारीरिक तथा मानसिकरूपले सक्षम बनाउन आत्मरक्षा तालिम सञ्चालन गरिएको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button