तपाईँ सुन्दै हुनुहुन्छः

महिला हिंसा न्युनिकरण र बालबालिका तथा जेष्ठ नागरिकको सुरक्षालाई प्राथमिकता

काठमाण्डौ । प्रतिनिधिसभामा विनियोजन वजेट २०७६ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा महिला तथा बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा न्युनिकरण र बालबालिका तथा जेष्ठ नागरिकको सुरक्षालाई प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले लैंगिक हिंसा, बाल विवाह, कुरिती र सामाजिक विभेद न्युनिकरण गर्न त्यस अनुसारका कानुनी प्रावधान तयार गरिएको, लैङिग हिंसा निवारण कोषको व्यवस्था, अपाङ्गमैत्री संरचना निर्माणमा ध्यान पु¥याउने बताउनुभयो ।

मन्त्री थापाले मानव बेचविखनबाट पीडित र प्रभावितको उद्धार तथा पुनस्थापनाका लागि रकम उपलब्ध गराएको र यसलाई स्थानीय तहसम्म विस्तार गर्ने योजना रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button