तपाईँ सुन्दै हुनुहुन्छः

चीनको सिचुआनमा भूकम्प, १९ जना घाइते

काठमाण्डौ । चीनको दक्षिणी क्षेत्र सिचुआनमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् ।

सिचुवान प्रान्तमा शनिबार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

घाइतेहरु सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरुमा लगिएको छ । घाइतेहरुमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्तजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार शनिबार राति १०ः२९ बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button