तपाईँ सुन्दै हुनुहुन्छः

कानून पढाउँदै कर्णाली सरकार

सुर्खेत-यतिबेला कर्णाली प्रदेशका स्थानीय तह, विद्यालय र क्याम्पसमा कानून सिक्ने र सिकाउने काम भइरहेको छ । मुलुकमा लागू भएका विभिन्न कानून जनस्तरसम्म जानकारी दिएर तिनको कार्यान्वयनमा सहयोग पु¥याउन कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानूनी सचेतना कार्यक्रम अघि बढाएको छ ।

मन्त्रालयले कानूनी बहस, छलफल, संवाद, अन्तक्र्रिया र प्रशिक्षणका माध्यमबाट कानूनी सचेतना दिन थालेको हो । विसं २०७५ भदौ १ गतेदेखि मुलुकमा लागू भएको फौजदारी देवानी संहिताबारे जनस्तरमा सन्देश प्रवाह गरिँदै आएको छ । समाजमा आपराधिक घटना घट्न नदिन र नागरिकलाई विधिको शासनको प्रत्याभूति गराउन कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका कानून उप–सचिव विनोदकुमार गौतमले जानकारी दिनुभयो ।

मूलतः कानून के हो, यो कसरी निर्माण हुन्छ र यसलाई लागू गर्ने विधि प्रक्रिया के हुन् भन्नेबारे जानकारी दिन कार्यक्रम अघि सारिएको हो । मन्त्रालयका कानून अधिकृत तुलसा गैरेले चालू आवभित्रै कर्णाली प्रदेशका ७९ स्थानीय तहमा पुगेर सञ्चालन हुने कार्यक्रमबाट नागरिक तहसम्म सही सन्देश पठाउने लक्ष्य राखिएको बताउनुभयो ।

मुलुकमा लागू भएका कानून र निर्माण हुने कानूनबारे नागरिकलाई थाहा नभएर विभिन्न आपराधिक घटनाको भागेदारी बन्नुपर्ने समस्यामा समाधान दिन कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

उपप्रमुख÷उपाध्यक्षसहितका स्थानीय तहका पदाधिकारीसँग कानून तर्जुमाका विषयमा छलफल गरिएको उहाँले बताउनुभयो । छाउपडी, बहुविवाह, दाइजो प्रथालगायत सामाजिक विकृति र त्यसविरुद्धको कानूनी सजायका बारेमा पनि विद्यार्थी, शिक्षक, अभिभावक र पदाधिकारीलाई जानकारी गराइएको गैरे बताउनुहुन्छ ।

जनज्योति मावि नेवारेका शिक्षक करण भण्डारीले लागुऔषध र बालविवाहले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक पक्ष र मुलुक विकासमा पर्ने प्रभावका सवालमा स्पष्ट जानकारी पाएको बताउनुभयो । यस्तै श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा कक्षा ९ मा अध्ययनरत छात्रा जीवनबीमा सिंहले लागुऔषध, बालविवाह, छाउपडी र दाइजो प्रथाले समाजमा पारेको नकारात्मक प्रभावबारे प्रष्ट हुने अवसर मिलेको बताउनुभयो ।

कार्यक्रममा नैतिक शिक्षा, अनुशासन, सिर्जनशील एवम श्रमशील बन्न उत्प्रेरित गराइएको मन्त्रालयले जनाएको छ । कानूनी सचेतनामूलक कार्यक्रमबाट हालसम्म एक हजार २०० भन्दा बढी व्यक्ति प्रत्यक्ष रुपमा लाभाविन्त भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button