तपाईँ सुन्दै हुनुहुन्छः

जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १० घाईते

नबराज छत्कुली, धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ माझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ ।

गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई पल्टिदा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीया नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने गल्छी ४ का २१ वर्षीया सबिता प्याकुरेलको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

आजै धादिङको गजुरी गाउँपालिका वडा नं १, नयाँबस्तीमा अर्को बोलेरो जीप दुर्घटना हुदाँ १० जना घाईते भएका छन् ।

दुर्घटनामा घाईते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाईतेको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहको छ ।

यसैगरी सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ९ पिडारी स्थित भित्री सडक खण्डमा अटो रिक्सा अनियन्त्रीत भई पल्टिदा ६ जना घाइते भएका छन ।

घाईतहरुको हरिवन स्थित नमुना अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button