तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतनत्रता सुनिश्चितः मन्त्री बाँस्कोटा

काठमाण्डौ । सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रस्तावित सुचना प्रविधि विधेयकले नागरिकका सम्पुर्ण अभिव्यक्ति तथा वाक स्वतन्त्रतालाई सुनिश्चिित गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा शुक्रबार सुचना प्रविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्वन्धमा गठित उपसमितिले पारित गरेको प्रतिवेदन माथि छलफलमा उठेका विषयहरुको जवाफ दिदै मन्त्री बाँस्कोटाले विधेयक राजनीतिक विचारधारा भन्दा पनि समाजका मुल्य मान्यताका आधारमा ल्याईएको उल्लेख गर्नुभयो । मन्त्री बाँस्कोटाले अभिव्यक्ति स्वतन्त्रता र गाली वेईज्तीलाई एकै ठाँमा राखेर हेर्न नमिल्ने भन्दै सरकारले ल्याएका हरेक कानुनलाई नियन्त्रणका लागि ल्याईएको भनी सोच्न नहुने वताउनुभयो ।

लोकतन्त्रले आलोचनालाई छुट दिएको भन्दै मन्त्री बाँस्कोटाले बहुलवादी समाजमा सरकारले बन्देज गराउन चाहेर पनि नहुने उल्लेख गर्नुभयो । पछिल्लो समय प्रविधिसँग जोडिएर हुने अपराध बढ्दै गएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले यसलाई साधरणरुपमा बुझन नहुनेमा जोड दिनुभयो ।
विधेयमा रहेका विषयहरु संशोधनका लागि समितिले उपसमिति गठन गरि विधयेकलाई पुर्णता दिईए पनि केही विषयमा अझै छलफल गर्न बाँकी रहेकाले छलफल पछि बिधेयक समितिबाट पास गरिने समितिकी सभापति कल्याणी कुमारी खडकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button