तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समूहद्धारा वडा कार्यालयमा आगजनी

सल्यान-जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा न ३ को वडा कार्यालयमा अज्ञात समूहले आगजानी गरेको छ । मंगलबार बिहान करिब २ बजेतिर मुलखोलामा रहेको वडा कार्यालयमा आगजनी भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

आगलागीबाट कार्यालयमा रहेका सम्पूर्ण कागजात, ल्यापटप, सोलार प्यानल, दराज, कुर्सी लगायतका सामाग्रीहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुहामका प्रहरी निरिक्षक नर बहादुर खड्काले बताउनुभयो । राती आगलागी भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

कार्यालयमा आगजनीको विषयमा अनुसन्धान भई रहेको प्रहरीको भनाई छ । प्रहरी र स्थानीयको सहयोगमा बिहान मात्रै आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button