तपाईँ सुन्दै हुनुहुन्छः

मध्यमोदी जलविद्युत आयोजना चार हप्तादेखि ठप्प

पर्वत । पर्वतको मोदी गाउँपालिकामा निर्माणाधिन १४.५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनाको सुरुङ्ग निर्माण कार्य चार सातादेखि ठप्प भएको छ । आयोजनाको बिबाद मिलाउन प्रमुख जिल्ला अधिकारीले पहल गरेपनि समस्याको समाधान नहुँदा आयोजनाको काम अगाडि बढ्न सकेको छैन् । चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजनाको सुरुङ्ग निर्माण कार्यमा स्थानीयबासीले अवरोध गरेपछि जेठ ८ गतेदेखि निर्माण कार्य रोकिएको हो ।

सुरुङ्ग निर्माणका क्रममा बम बिष्फोटन गर्दा घर संरचनाहरुमा क्षत्ति पुगेको भन्दै उचित क्षतिपुत्र्ति मागेर स्थानीयबासीले सुरुङ्ग निर्माण कार्यमा अवरोध पु¥याउँदै आएका छन् । आयोजना र प्रभावित क्षेत्रका बासिन्दाबीच सुरुङ्ग बाहेकका संरचना बनाउने कुरामा भने सहमति कायम भएपछि जेठ १९ गते यता बिद्युतगृह लगायतका संरचना बनाउने काम भने भैरहेको छ ।

आयोजनाको सुरुङ्ग निर्माण गर्दा स्थानीयबासीका घरमा क्षत्ति पुगेकोले पूनर्निर्माण तथा क्षतिपुर्तिको माग स्थानीयबासीले गर्दै आएका छन् । मोदी गाउँपालिका वडा नं. १ र २ का मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका बस्तीका घरहरु भूकम्पले झै भत्किन थालेपछि स्थानीयबासी आन्दोलित भएका हुन् । स्थानीयवासीका घरहरुमा पुगेको क्षत्ति भूगर्वविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपुर्तिको रकममा पुनर्मुल्यांकन गर्नुपर्ने वडा अध्यक्ष बिकास तिमिल्सिनाले बताउनुभयो । प्रभावित क्षेत्रका बासिन्दाले प्राबिधिक समितिले निर्धारण गरेको रकम थोरै भएको बताउँदै थप रकम दिन माग गर्दै आएका छन् ।
आयोजनाले भने घर निर्माणका क्रममा बिष्फोटनबाट कुनै क्षति नभएको र केही घरमा भूकम्प र स्थानीय भौगर्भिक अवस्थाका कारण सामान्य समस्या देखिएको रिपोर्ट भूग्र्भबिद्हरुले दिएको दाबी गर्दै आएको छ । प्राबिीधक टोलीले अध्ययन गरेर तयार पारेको क्षतिपुर्ति रकम दिन आयोजना सधैं तयार भएपनि स्थानीयबासी त्यसमा सहमत नहुँदा निर्माण कार्य प्रभावित बन्दै आएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्य बताउनुहुन्छ ।

सुरुङ्ग निर्माणका क्रममा क्षति पुगेका ६ जना घरधनीले भने पहिल्यैदेखि क्षतिपुर्तिको रकम बुझेको बताईएको छ । प्रभावित क्षेत्रमा पर्ने सुरुङ्ग भन्दा माथि परेका २८ घरपरिवार समस्यामा परेका छन् । घर पुनर्निर्माणको काम स्वयंले शुरु गर्ने र आवश्यक रकम आयोजनाले दिने सहमति यसअघि भएको थियो । आयोजनाको काममा आगामी दिनमा अबरुद्ध नगर्ने, स्थानीयको घर पुनर्निर्माणको अनुगमन जिल्ला समन्वय समिति पर्वतले गर्ने र आयोजनाले गर्नुपर्ने सामाजिक उत्तरदायित्वका कामहरु प्राथमिकताका आधारमा गर्दै जाने सहमति पहिल्यै भएपनि काम नभएका कारण पुनः ताकेता गरिएको थियो ।
जिल्ला समन्वय समितिको पहलमा गाउँपालिका, प्रभावित क्षेत्रका बासिन्दा, आयोजना व्यबस्थापन र स्थानीय प्रशासनबीच सोमबार छलफल गरेर सुरुङ्ग निर्माण कार्य सुचारु गर्ने प्रयास भैरहेको जनसम्पर्क अधिकृत आचार्यले बताउनुभयो ।

पर्वतको मोदीगाउँपालिका र काश्कीको अन्नपुर्ण गाउँपालिकामा निर्माण भैरहेको आयोजनाको २ हजार ७ सय मिटर सुरुङ्गमध्ये २ हजार ५ सय मिटर भन्दा बढी सुरुङ्ग निर्माण कार्य सकिएको छ । स्थानीयको पटकपटकको अवरोधले गएको मंसीरपछि निर्माण कार्य अघि बढ्न सकेको छैन । आयोजनाको निर्माण कार्य २०७१ मंसीरबाट शुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button