तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा डेंगू रोग नियन्त्रण अभियान सुरु

चितवन। चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका प्रत्येक वडामा पुगेर डेंगू रोग नियन्त्रण गर्ने अभियान सुरु गरेको छ ।
नगरपालिकाले तीन दिनसम्म सञ्चालन गर्ने गरी विहिबारबाट डेंगू रोग सार्ने लार्भा नष्ट अभियान सुरु गरेको स्वास्थ्य शाखाका प्रमुख ईन्द्रलाल न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाले अभियानको पहिलो दिन पूर्वपश्चिम राजमार्गको टिकौली जंगलदेखि बेल्सीसम्म राजमार्गमा रहेका टायर पसलमा देखिएका लार्भा नष्ट गरेको छ ।
लामो समयसम्म टायरभित्र पानी रहिरहँदा डेंगू रोग सार्ने लार्भाको जन्म हुने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक रामकुुमार केसीले बताउनुभयो । केसीले आँफ्नो घर वरपर रहेको खाल्डाखुल्डी पुरेर पानी जम्ने क्षेत्रलाई तत्कालै हटाउन समेत चितवनबासीमा आग्रह गर्नुभयो ।
अभियानमा स्वास्थ्य स्वयंसेविका खटाईने रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिनुभयो । मेयर वनले डेंगू नियन्त्रण अभियानमा स्थानीयलाई सजग रहन आग्रह गर्नुभयो। विगतका दिनमा नगरभित्र जानै हुन्न भन्ने जस्ता हो हल्ला फैलिएको कारणले पनि नगरपालिकाले डेंगू नियन्त्रणमा लागको मेयर वनको भनाई छ ।
केही वर्ष पहिले रत्ननगरमा ३ सय भन्दा बढी मानिसमा डेंगूको प्रकोप देखिएको भन्दै अब यस्तो अवस्था आउन दिन नहुने उपमेयर बिमला दवाडीले बताउनुभयो । वर्षाको समयमा डेंगू रोगको प्रकोपको अत्यधिक सम्भावना हुने भन्दै बच्ने उपाय, साबधानी लगायतका बिषयमा स्थानीय आँफै सजग हुनुपर्ने उप मेयर दवाडीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button