तपाईँ सुन्दै हुनुहुन्छः

ग्याँस लिक भएर आगलागी हुँदा बारामा दुईको मृत्यु, ५ घाइते

बीरगंज-बाराको डुमरवानामा गत शुक्रबार खाना पकाउने सिलिण्डरबाट ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भिर घाइते भएकी सुकमाया भोलनको गएराती मृत्यु भएको छ । यसअघि आगलागीमा परि गम्भिर घाईते भएकी ज्ञानीमाया मोक्तानको काठमाडौं साखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा बुधबार मृत्यु भएको थियो ।

काठमाण्डौको कीर्तिपुर बर्न सेन्टरमा उपचार भइरहेकी ४ महिनाकी गर्भवती सुकमायाको मृत्यु भएपछि ग्यास लिक भई मर्नेको संख्या २ पुगेको छ । ग्याँस लिक भई आगलागी हुदा जलेर गम्भिर घाईते दिलमाया स्याङतान र नजरमान थिङको अबस्था गम्भिर रहेको छ ।

शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका उनीहरुको अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ ।अन्य ३ जनाको समेत काठमाण्डौको कीर्तिपुर बर्न सेन्टरमा उपचार भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button