तपाईँ सुन्दै हुनुहुन्छः

‘मिडिया काउन्सिल विधेयक’बारे कावा प्रधानमन्त्री र सम्पादकबीच छलफल

काठमाडौं । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले ‘मिडिया काउन्सिल विधेयक’ फिर्ता वा परिमार्जनभन्दा पनि यसमा सम्बोधन हुनुपर्ने विषयवस्तुबारे थप छलफल गरेर समस्यालाई किनारा लगाउन सरकार तयार रहेको बताउनुभएको छ ।

‘मिडिया काउन्सिल विधेयक’ सम्बन्धमा आज विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग सिंहदरबारमा छलफल गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएपछि त्यस विषयमा जानकारी गराई थप छलफल गरिने बताउनुभयो ।

छलफल कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुभास नेम्वाङले विधेयकबारे उठाइएका सवाल सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली पनि सकारात्मक रहनुभएको जानकारी दिनुहुँदै संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको भावना अनुकूल विधेयकलाई संसद्बाट परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्पादक तथा अग्रज पत्रकारहरुले लोकतान्त्रिक आन्दोलनकै जगबाट आएको सरकारले प्रेसलाई नियन्त्रण गर्ने सोच राखेर कानून ल्याउन नहुनेमा जोड दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button