तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा भिषण आगलागी

नवीन गिरी
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–१ छोट्की चौफेरीमा आज भिषण आगलागी भएको छ । आगलागीबाट ३९ वटा घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

विहान सवा १० बजेतिर राम खेलाउन यादवको घरमा परेको चट्याङबाट आगलागी भएको बाँकेका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । चट्याङ लागेर यादवकी १६ बर्षीया छोरी नन्कु गम्भीर घाइते हुनुभएको छ । फुसले छाएका घर र तीब्र गतिमा चलेको हावाहुरीका कारण आगोले छोट्की चौफेरीका सबै घरगोठ जलेका प्रहरीले जनाएको छ ।

आगलागीबाट अन्नपात, भाँडावर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । सबै घरगोठ जलेपछि आगो आफैं नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button