तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारविरुद्ध उत्रिन कार्यकर्तालाई आह्वान

अच्युतम सापकोटा, सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कमिसनतन्त्र र भ्रष्टाचारविरुद्धमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

सर्लाही सदरमुकाम मलङ्गवामा आज नेकपा जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्दै वरिष्ठ नेता नेपालले विकासका काम गर्दा हुने कमिसनको भागबण्डा र अनियमितताले गुणस्तरीय काम हुन नसकेको बताउनुभयो ।

उहाँले सर्लाहीको नवलपुर–मलङ्गवा सडकमा पनि त्यही अवस्था देखिएको भन्दै गलत गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button