तपाईँ सुन्दै हुनुहुन्छः

‘संवैधानिक अंगका कामप्रति हस्तक्षेप गर्न मिल्दैन’

कुमोद अधिकारी, विराटनगर । उपप्रधान एवं रक्षामंत्री ईश्वर पोखरेलले संवैधानिक अंगले गरेका कामप्रति कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताउनु भएको छ ।

मोरङको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश स्तरमा लोकसेवा आयोग नबनेकोे अवस्थामा कर्मचारी पदपुर्तिका लागि लोकसेवा आयोगले कर्मचारी माग गरेकाले त्यसलाई अनुचित भन्न नमिल्ने प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका उपप्रधानमन्त्री पोखरेलले केन्द्रिय तहमा रहेका कर्मचारीले मात्र प्रदेश र स्थानीय तहमा अपुग हुने भएकाले लोकसेवा आयोगले संविधानको व्यवस्था अनुसार समावेशी सिद्धान्त अनुसार कर्मचारी पद्धपुर्ति गर्न खोजेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button