तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति कप पुरुष भलिबलको उपाधि आर्मीलाई

परेश सापकोटा । त्रिभुवन आर्मी क्लबले चौथो प्रधान सेनापति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

लगनखेलको सैनिक शारिरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रामा सोमबार सम्पन्न फाईनलमा अघिल्ला तिनै पटकको उपाधि विजेता त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई १६–२५, २५–८, २५–१० र २६–१६ को सेटमा पराजित गरेको थियो ।

प्रथम भएको त्रिभुवन आर्मी क्लबले उपाधि सहित ३ लाख र दोस्रो भएको गण्डकी प्रदेशले १ लाख ५० हजार रुपैँया पुरस्कार प्राप्त गरे ।

यसैगरी, तेस्रो भएको नेपाल पुलिस क्लबले ७५ हजार रुपैँया प्राप्त गर्यो ।

प्रथम भएको त्रिभुवन आर्मी क्लबले उपाधि सहित लाख र दोस्रो भएको गण्डकी प्रदेशले लाख रुपैँया पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button