तपाईँ सुन्दै हुनुहुन्छः

प्रम ओली र टर्कीका उपराष्ट्रपति भेटवार्ता

जेनेभा। युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्डको जेनेभामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यँहास्थित राष्ट्रसंघीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्धिपक्षीय भेटवार्ता गर्नुभएको छ ।

उहाँहरुबीच दुईबीचको आपसी सम्बन्ध र हितकाबारेमा छलफल भएको हाम्रा विशेष प्रतिनिधि नरेश फुयाँलले जेनेभाबाट जनाएका छन् ।
भेटवार्तामा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागी पनि सहभागी हुनुहुन्थ्यो ।

यसैगरी, प्रधानमन्त्री ओली र स्वीस महासँघका काउन्सिलरसमेत रहनुभएका वर्तमान गृहमन्त्री आलेँ बेरसेबीच पनि अहिले केहीबेरमा भेटवार्ता हुँदैछ ।
प्रधानमन्त्री ओली र नर्बेका प्रधानमन्त्रीबीच पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button