तपाईँ सुन्दै हुनुहुन्छः

एक दिवसीय क्रिकेटको उपाधि पुलिस क्लबलाई

परेश सापकोटा । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सम्पन्न फाईनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको त्रिभुवन आर्मी क्लबले फाईनलमा सोचे अुनसारको खेल्न सकेन ।

त्रिभुवन आर्मी क्लबले ३३.३ ओभरमा मात्र १ सय २५ रन बनाउँदा सबै विकेट गमाएको थियो ।

आर्मीलाई सस्तैमा समेट्न पुलिस क्लबका ललित राजवंशी र पवन सराफले निकै कम रन खर्चेर समान ४ विकेट लिएका थिए ।

ललित राजवंशी नै फाईनलको प्लेएर अफ दि म्याच पनि घोषित भए ।

मात्र १ सय २६ रनको विजयी लक्ष्य प्राप्त गर्न पनि नेपाल पुलिस क्लबलाई निकै गार्हो परोको थियो ।

नेपाल पुलिस क्लबले ४०.३ ओभरमा ६ विकेटको क्षतिमा विजयी लक्ष्य प्राप्त गर्यो ।

पुलिसका शुरुवाती ब्याट्स् म्यान सुनिल धमलाले निकै सम्हालिएर खेल्दै १ सय ३१ बलमा अविजित रहेर ४१ रनको योगदान गर्दै जित सुनिश्चित गरेका थिए ।

पुलिसका अमित श्रेष्ठले पनि ४० बलमा राम्रो ब्याटिङ्ग गर्दै ४४ रनको योगदान गरेका थिए ।

प्रथम भएको नेपाल पुलिस क्लबले २० लाख र दोस्रो भएको त्रिभुवन आर्मी क्लबले १० लाख रुपैँया पुरस्कार प्राप्त गरे ।

यही जेठ ११ गते देखि सञ्चालन भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरेर जम्मा १० वटा टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button