तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिएको अभियोगमा सव इञ्जिनियर पक्राउ

रोल्पा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनियर तारा श्रेष्ठलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी, आयोगले सशस्त्र प्रहरी बल, नेपाल, ११ नं गण, हजमिनिया, रौतहटमा कार्यरत सशस्त्र प्रहरी जवान अरूण झालाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भन्दै जवान झाले सेवाग्राहीसँग घुस मागेको र उनका विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button