तपाईँ सुन्दै हुनुहुन्छः

बुढेसकालको सहारा बाख्रापालन

सल्यान । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर– २ बराढुङ्गााका ६६ वर्षीय केशर पुनको बुढेसकालको सहारा बाख्रा पालन बनेको छ ।
श्रीमतीको केही वर्षअघि मृत्यु भइसकेकाले बाख्रापालन गरेर दुःख भुलाउने काम गरेको उनले बताए । भने ‘घरमा एक्लै छु, बुढ्यौलीको साथी यिनै बाख्रा त हुन । अलिअलि आम्दानी पनि हुने, मन पनि बहलिने, त्यसैले बाख्रा पाल्ने गरेको छु ।’

२ वटा बाख्रा पालेर व्यबसाय सुरु गरेका उनको खोरमा अहिले १७ वटा बाख्रा छन् । जंगलको बीचमा घर भएकाले बाख्रालाई आहाराको कमी नभएको उनले बताए । खेतीपाती गर्न नसक्दा बाँझै रहेको सात रोपनी जग्गामा उनले बाख्रा चराउने गरेका छन् । बाख्राको आम्दानीबाट घर खर्च धान्ने गरेको उनले बताए । उनले बाख्रापालनबाट वार्षिक करिब ५० हजार कमाउने गरेका छन्  । बाख्राबाट आएको आम्दानीले आफ्नो जीविकोपार्जन भईरहेको उनले बताए । उनले भने ‘१६÷१७ वटा बाख्रा छन्, वर्षमा ३÷४ वटा खसी बोका बिक्री हुन्छ । त्यसैबाट आएको पैसाले खर्च चलाउदै आइरहेको छु ।’

‘छोराबुहारीलाई दिउँला भन्नु छैन, आफ्नो खर्च चलेकै छ, उनले भने ‘बुढेसकालमा त्यत्तिकै बस्नुभन्दा बाख्रा पालेर रमाइलोसँग जीवन चलिरहेको छ ।’
बेरोजगारीको समस्याले कमाउनका लागि बाहिर जाने गरेको उनको भनाइ छ । एउटा छोरो छ त्यो पनि विदेश तिर नै । विदेश गएको धेरै वर्ष भयो अहिलेसम्म फर्किएको छैन । बुहारी माइततिर नै बस्छे उनले भने ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button