तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबारमा प्रधानमन्त्रीले रोप्नु भयो एभोकाडोको बिरुवा

काठमाण्डौं । विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आज एभोकाडोको विरुवा रोपण गरी एक नेपाली, एक फलफुलको विरुवा रोपण अभियानलाई निरन्तरता दिनुभएको छ ।

गत वर्ष वातावरण दिवसकै अवसरमा प्रधानमन्त्री ओलीले फलफूलको विरुवा रोपेर एक नेपाली, एक फलफुलको विरुवा रोपण अभियानको शुभारम्भ गर्नुभएको थियो । सोही अभियानलाई निरन्तरता दिन प्रधानमन्त्री ओलीले आज सिंहदरबार परिसरमा एभोकाडो फलको बिरुँवा रोप्नुभएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरु, मूख्य सचिव, सचिवहरु, प्रधानसेनापति, विभिन्न सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । उहाँहरुले पनि फलफुलको विरुवा रोप्नुभएको थियो ।

फलफुलको विरुवा रोपण गरी एक नेपाली, एक फलफुलको विरुवा रोपण अभियान अन्तर्गत गत वर्ष २३ लाख १६ हजार ७ सय ८९ फलफुलका विरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, बैंक तथा बित्तिय संस्था एवं सार्वजनिक संस्था तथा संस्थानहरुको योगदान रहेको कार्यालयले जनाएको छ ।

आगामी आर्थिक वर्षलाई वृक्षरोपणको वर्षका रुपमा मनाईने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button