तपाईँ सुन्दै हुनुहुन्छः

अझै केही दिन हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना अझै केही दिन रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही दिन देशभर मौसममा सुधार नहुने महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमी र मध्य भू–भागका केही स्थान तथा पूर्वी भागका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button