तपाईँ सुन्दै हुनुहुन्छः

चितवनका होटलमा देह ब्यापार बढ्कोमा एसपी मल्लद्धारा चिन्ता

राजु थापा, चितवन । चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले चितवनका होटलमा देह ब्यापार र यौनजन्य क्रियाकलाप बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ ।

आइतबार होटल ब्यवसायी संघ चितवनले आयोजना गरेको स्वागत तथा परिचायत्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले चितवनलाई देह ब्यापार हुने स्थानको रुपमा परिचय नदिन सर्वप्रथम होटल ब्यवसायीले प्रहरीलाई सहयोग पु्याउनु पर्ने बताउनु भयो ।

एसपी मल्लले होटल ब्यवसायीहरुलाई कुनै प्रहरीले तसाउने र धम्काउने गरेमा तत्काल आफुलाई खवर गर्न आग्रह गर्दै त्यस्ता प्रहरीलाई रकम दिने वा कुनै सुविधा दिने होटल ब्यवसायीलाई समेत आफुले कारवाही गर्ने बताउनुभयो । ब्यवसायीहरुलाई आचारसंहिता पालना गर्दै सिसि क्यामरा राख्ने र ड्रेस कोडको ब्यवस्था गर्न आग्रह गर्नु भयो ।

चितवनको नारायणगढ जस्तो स्थानमा होटलहरु १० वजे बन्द गर्न नहुने भन्दै मदिरा विक्री नगर्ने होटलहरु संचालन हुनुपर्ने धारणा राख्दै त्यसको ब्यवस्था मिलाउने आश्वासन दिनुभयो ।

होटल संधका पुर्व अध्यक्ष ईमान्दु बरालले होटल ब्यवसायीको अहिलेको अवस्थाबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा वडा प्रहरी कार्यालयको प्रहरी निरिक्षक रामचन्द्र गौतमले विद्यालयको ड्रेस र उमेर नमिल्दो केटा केटी होटलमा आएमा शंका गर्न ब्यवसायीलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा होटल ब्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले प्रहरी र होटल ब्यवसायीको सम्वन्ध नङ र मासुको जस्तै भएको भन्दै अपराधिक क्रियाकलाप गर्ने ब्यवसायीलाई आफुहरुले समेत संरक्षण नगर्ने बताउनु भयो । कार्यक्रममा प्रहरी उपरिक्षक मल्ललाई मायाको चिनो प्रदान गर्दै चितवनमा स्वागत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button