तपाईँ सुन्दै हुनुहुन्छः

बजेटमा भएको त्रुटि सच्याउछाँ : अर्थमन्त्री

काठमाण्डौ । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६ ÷०७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पार्नुभएको छ ।
वैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले वजेटको अनुसूची १ मा गलत तथ्याङक दिएको भन्दै विरोध गरेपछि अर्थमन्त्री डा.खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को वजेटको अनुसूची १ मा केही प्राविधिक कारणले देखिएको त्रुटि सच्याउने बताउनुभयो
अर्थमन्त्री खतिवडाले प्राविधिक त्रुटिका कारण प्रदेश र स्थानीय तहमा जाने राजस्व पनि संघमा जोडिन गएकाले त्रुटि देखिएको र त्यो सच्याइएको स्पष्ट पार्दै यसले वजेट अनुमानको अन्य अंकमा तलमाथि नपार्ने स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयन गर्न वजेटले उच्च प्राथमिकता दिएको र आन्तरिक ऋण १७२ अर्व भन्दा माथि नजाने स्पष्ट पार्नुभयो ।
बैठकमा समय माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले पेश गरेको अनुमानित वजेटको अनुसूची १ को राजस्व अनुमानमा त्रुटि रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।
सांसद डा. रिजालले सरकारले अनुसूची १ मा गरेको ९६२ अर्वको राजस्व अनुमान गलत भएको भन्दै त्यसलाई सच्याउन माग गर्नुभयो ।
सांसद डा. रिजालले सरकारलाई १७२ अर्व सम्म आन्तरिक ऋण उठाउने अधिकार ऐनले दिएको भएपनि तोकिएभन्दा बढी १९२ उठाउनु पर्ने अवस्था देखिएको भन्दै सरकारको धारणा माग गर्नुभयो ।
यसैगरी विषेश समय माग गरी राजपाका सासंद लक्ष्मणलाल कर्णले संविधानमा व्यवस्था भएको समानुापतिक समावेशीको व्यवस्थालाई सरकारले वेवास्ता गरेको भन्दै सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कर्णले सरकार र न्यायालयले गर्ने नियुक्तिहरुमासँगै लोकसेवा आयोगले पछिल्लो पटक नौ हजारको संख्यामा कर्मचारी माग गर्दा समेत समानुपतिक समावेशीता ध्यान नदिएको भन्दै विरोध गर्नुभयो ।
यसैबीच बैठक नेकपा सांसद खगराज अधिकारीले सांसदको आसनका लागि राखिएको कुर्सीको समयमा मर्मत नुहँदा सांसदले दुःख पाएको विषयमा सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अधिकारीले विग्रिएको कुर्सीको भाग उठाएर सभामुखलाई देखाउँदै कुर्सीमा बस्दा लडिने अवस्था रहेको भन्दै मर्मत गर्नुप¥यो भनेर पटक पटक भन्दा पनि सुनुवाई नभएको भन्दै ज्यान जोगाई पाउँ भन्ने अवस्था आएको बताउनुभयो ।
त्यसलगत्तै सभामुख कृष्णबहादुर महराले त्यस विषयमा आफ्नो ध्यानाकर्षण भएको वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button