यार्सा टिप्न गएका तीनको मृत्यु
बद्री पन्त, जाजरकोट । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ ।
शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।
बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विक र वर्ष २२ का रमेश चलाउनेको लेक लागेर मृत्यु भएको हो ।
यसैगरी यार्सागुम्बा टिप्न गएका डोल्पाको ठूलीभेरी नगरपालिका–१ का ३८ वर्षका बुद्धि कार्कीको मृत्यु भएको छ ।
यार्सा टिप्न गएका सयौं मानिसहरु लेक लागेर विरामी परेको श्री इश्वरी बक्स गुल्म सुलीगाड डोल्पाका क्याप्टेन कुमार थापाले बताउनु भयो ।
यस वर्ष यार्सागुम्बा संकलन गर्न साविकको मध्यपश्चिम क्षेत्रका १५ हजार बढी स्थानीय डोल्पाको पाटन पुगेका छन् ।
प्रतिक्रिया राख्नुहोस्