तपाईँ सुन्दै हुनुहुन्छः

विकास सहायता परिचालनको प्राथमिकता तय

काठमाडौं । अन्तर्राष्ट्रिय विकास सहायतालाई पारदर्शी एवम् नतिजामुखी बनाउने लक्ष्यका साथ सरकारले विभिन्न आठ क्षेत्रमा विकास सहायता परिचालनको प्राथमिकता तय गरेको छ ।

नीतिमा भौतिक पूर्वाधारको निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरीबी निवारणलाई प्राथमिकता तोकिएको छ ।

यसैगरी रोजगारी सिर्जना र गरीबी निवारण, विज्ञान तथा प्रविधिको विकास र हस्तान्तरण, वातावरण संरक्षण र जलवायु परिवर्तन, विपद् व्यवस्थापनलाई पनि अन्तर्राष्ट्रिय विकास सहायता परिचालनका प्राथमितमा राखिएको छ ।

यही जेठ १० गतेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६’ पारित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button