तपाईँ सुन्दै हुनुहुन्छः

धितो पत्र बजारमा बजेटको सकारात्मक प्रभाव

अच्युत । धितो पत्र बजारका लागि आगामी आर्थिक वर्षको बजेटमा गरिएको नीतिगत व्यवस्थाले बजारमा सकारात्मक प्रभाव पारेको छ ।

बजेट घोषणा भएको भोलिपल्ट अर्थात साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५.५८ अंकले बढेर १ हजार ३ सय १९.४७ विन्दुमा पुगेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा बैकहरुको मर्जरलाई गरिएको प्रोत्साहन, पुँजीगत लाभकरमा दिइएको सुविधा जस्ता विषयले बजारमा सकारात्मक प्रभाव पारेको नेपाल इन्भेष्टर्स फोरमका पूर्व वरिष्ठ सल्लाहकार जयकिसन सारडाले बताउनु भयो ।

आगामी वर्षको बजेटले धितो पत्रको दोस्रो बजारमा निश्चित रकम भन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुको स्थायी लेखा नम्बर सहितको विवरण नेप्से प्रणालीमा आवद्ध गर्ने, सबै प्रकारका धितोपत्र र क्रृणपत्रको दोस्रो बजार कारोबार विद्युतीय प्रणाली मार्फत गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button