तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप क्रिकेट शुरु

परेश सापकोटा । विश्वकप क्रिकेट बिहिबारदेखि शुरु भएको छ ।

यस पटक विश्वकप क्रिकेट ईङ्गल्याण्ड र वेल्सले सम्युक्त रुपमा आयोजना गर्दै छन् । यस विश्वकपमा १० वटा राष्ट्रिले प्रतिस्पर्धा गर्दै छन् ।

विश्वकपमा आयोजक ईङ्गल्याण्ड सहित नव प्रवेशी अफ्गानिस्तान, भारत, पाकिस्तान, श्रीलङ्का, बंगलादेश, वेस्ट ईन्डिज, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्यूजिल्याण्ड उपाधिका लागि भिड्दै छन् ।

अहिले सम्म ईङ्गल्याण्ड, अफ्गानिस्तान, बंगलादेश, दक्षिण अफ्रिका र न्यूजिल्याण्डले मात्रै विश्वकपको स्वाद चाखेका छैनन् । बाँकी सबैले एक वा एक भन्दा बढी पटक विश्वकप उचालिसकेका छन् ।

श्रीलङ्का र पाकिस्तानले १–१ पटक, भारत र वेस्ट ईन्डिजले २–२ पटक र अष्ट्रेलियाले सबै भन्दा धेरै ५ पटक विश्वकप क्रिकेटको उपाधि हात पारिसकेका छन् ।

यस भन्दा अघि सन् २०१६ मा पनि अष्ट्रेलियाले नै विश्वकप जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button