तपाईँ सुन्दै हुनुहुन्छः

‘समानता र स्वतन्त्रताको सही सुदपयोग नभए लोकतन्त्र मजबुत हुँदैन’

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठले समानता र स्वतन्त्रतालाई सही सुदपयोग गर्न नसके लोकतन्त्र मजबूत हुन नसक्ने बताउनु भएको छ ।

मानव अधिकार तथा शान्ति समाजद्धारा आज काठमाडौमा आयोजित प्रेस स्वतन्त्रता र मानव अधिकार विषयक कार्यक्रममा नेता श्रेष्ठले राजनैतिक प्रणालीमा परिवर्तन आएपनि नेतृत्व र नागरिकमा पुरातन शैली नै हाभी रहेको बताउनु भयो ।

नेकपाका नेता घनश्याम भुषालले प्रेस र मानवअधिकारलाई कुण्ठित गरे लोकतन्त्र सृदृढ हुन नसक्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता गगन थापाले गणतन्त्र स्थापनाको १२ वर्ष पार गर्दा पनि सुधारका सूचकांङकहरु प्रस्ट देखिन नसकेको बताउनुभयो ।

त्यस अवसरमा नागरिक समाजका अगुवा डा. देवेन्द्र राज पाण्डे, कृष्ण पहाडी श्याम श्रेष्ठ लगायतले दल र दलका नेताहरुले लोकतान्त्रिक धरातल छाडेका कारण समस्या उत्पन्न भएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button