तपाईँ सुन्दै हुनुहुन्छः

बृद्ध भत्ता बढ्यो

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नयाँ बजेट प्रस्तुत गरिरहनुभएको छ ।
आर्थिक वर्ष०७६÷०७७ का लागि प्रस्तुत भईरहेको बजेटमार्फत् सरकारले बृद्धभत्तामा एक हजार रुपियाँ बढाएको छ । हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमअनुसार अहिले जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएकालाई मासिक २ हजार रुपियाँ, एकल महिलालाई १ हजार रुपियाँ, आंशिक अपांगता भएकालाई ६ सय रुपियाँ, लोपोन्मुख आदिवासी जनजातिलाई २ हजार र बालबालिकालाई मासिक ४ सय रुपैयाँ दिंईदै आएको थियो ।

सामाजिक सुरक्षाको विस्तार, उत्पादन शक्तिको विकासमा प्राथमिकता

आगामी आर्थिक वर्षका लागि बजेटले सामाजिक सुरक्षाको विस्तार, उत्पादन शक्तिको विकासमा प्राथमिकता दिएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आज बजेट प्रस्तुत गर्दै नागरिकका मौलिक हक र अधिकारका रुपमा रहेका आवश्यकता पूर्तिका लागि शीघ्र सेवा उपलब्ध गराउने प्रतिबद्धता बजेटका उद्देश्य र प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले सामाजिक न्यायसहित आर्थिक भौतिक विकास गरी सन् २०२२ सम्म मुलुकलाई मध्यमस्तरको मुलुक बनाउने आधारशिला खडा गर्ने बजेटको प्राथमिकता रहेको जानकारी दिनुभयो ।

सार्वजनिक, निजी र सहकारीको सहकार्यका माध्यमबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, जनताका आधारभूत क्षेत्रमा महत्व दिई अधुरा आयोजनाको कार्यान्वन, विधिको शासन कायम, स्रोत, साधन र अवसरको उच्चतम् प्रयोग गरी तिनै तहका सरकारबीचको सहकार्य गरिने बजेटमा उल्लेख छ । विकासमा पछि परेका वर्ग र पक्षको उत्थान गरी राष्ट्रिय पूँजी निर्माणको गर्ने बजेटको प्राथमिकता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button