तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमा आजदेखि पेट्रोलयम सहज हुने

झापा-चार दिनदेखि सीमावर्ती पानीट्यांकीमा रोकिएका पेट्रोलियम बोकेका नेपाली ट्यांकर पूर्वी नाका काँकरभिट्टाबाट नेपाल भित्रन थालेपछि पूर्वमा पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको छ । हिजो अपरान्हदेखि ट्यांकर नेपाल भित्रन थालेको जनाउँदै नेपाल आयल निगम चारआलीले आजदेखि पेट्रोलियम पदार्थको अभाव पूर्णरुपमा हट्ने जनाएको छ ।

अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ सुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि झापासहित मेची अञ्चलको चार जिल्लामा पेट्रोलियम पदार्थको अभाव देखिएको थियो ।

पेट्रोलियम पदार्थ बोकेका ७२ वटा ट्याङ्कर भन्सार भएर नेपाल प्रवेश गरेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिनुभयो । पूर्वका चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको नेपाल आयल निगम चारआलीले जनाएको छ ।

भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न सुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button