तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३ को पहिलो जित

परेश सापकोटा । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा प्रदेश ३ ले पहिलो जित दर्ता गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित गरेको थियो ।

प्रदेश ५ ले दिएको १ सय २३ रनको सामान्य विजयी लक्ष्य प्रदेश ३ ले २१.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो ।

प्रदेश ५ लाई सस्तैमा समेट्न प्रदेश ३ का क्याप्टेन पारस खड्काले सर्वाधिक ४ विकेट लिएका थिए ।

प्रदेश ३ का सुुर्य तामाङ्ग यस खेलका प्लेएर अफ दि म्याच घोषित भए ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा सोमाबार नै भएको अर्को खेलमा नेपाल ए पि एफ क्लबले सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्यो । ए पि एफ को यो लागातार दोस्रो जित हो ।

पहिलो ब्याटिङ्ग गरेको सुदुरपश्चिम प्रदेशले ए पि एफ सामू मात्र १ सय २६ रनको विजय लक्ष्य पस्किएको थियो ।

प्रतिउत्तरमा ए पि एफ ले ३४.४ ओभरमा ७ विकेटको क्षतिमा विजयी लक्ष्य प्राप्त गर्यो ।

अविजित रहेर ३२ रनको योगदान गर्दै ए पि एफ को जित सुनिश्चित गर्ने क्याप्टेन पृथु बाँस्कोटा यस खेलको प्लेएर अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button