तपाईँ सुन्दै हुनुहुन्छः

महाधिवेशन समयमै हुनुपर्छः वरिष्ठ नेता पौडेल

जगत साउद, धनगढी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन समय सीमाभित्रै हुने गरी तयारी थाल्नु पर्ने बताउनु भएको छ ।

पार्टीको जागरण अभियानअन्तर्गत आज धनगढीमा आयोजित नेता कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले तत्कालीन फोरम लोकतान्त्रिक संग पार्टी एकीकरणअनुसार समायोजनको काम ढिलो गर्न नहुने बताउनु भयो ।

लोकतन्त्रको संस्थागत विकासका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजान नेता कार्यकर्तालाई आग्रह गर्दै वरिष्ठ नेता पौडेलले सबै वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्न पार्टी समावेशी र समानुपातिक पद्धतिमा अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button