तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप महिला टि २० क्रिकेट महेन्द्रनगरमा हुने

काठमाडौं । प्रधानमन्त्री कप महिला टि २० क्रिकेट प्रतियोगिताको चौथो संस्करण यसै महिनाको अन्तिम साता महेन्द्रनगरमा हुने भएको छ ।

आयोजक राष्ट्रिय खेलकुद परिषदद्वारा मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता जेठ २८ गते देखि शुरु हुने जानकारी गराईएको थियो ।

प्रतियोगितामा एक विभागीय टोली नेपाल ए पि एफ क्लब र ७ प्रदेशका ७ टोली गरी कुल ८ वटा टोलीको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र उप विजेताले ३ लाख रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताका खेलहरु महेन्द्रनगरको खुला मञ्चमा खेलाईने छ ।

प्रधानमन्त्री कप महिला टि २० र एन सी एल विमेन्स कप टि २० जुध्ने भएको छ ।

एन सी एल कपको मिति विभिन्न पटक सारिए पनि पछिल्लो पटक प्रतियोगिता यही जेठ २० देखि ३० गते सम्म सञ्चालन गरिने आयोजक एन सी एल स्पोर्टस् प्रालिले जनाएको थियो ।

यस बारेमा राष्ट्रिय खेलकुद परिषदलाई कुनै आधिकारीक सूचना नभएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button