तपाईँ सुन्दै हुनुहुन्छः

संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक,२०७५ सर्वसम्मतीले स्वीकृत

समीरजंग शाह, काठमाण्डौ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन न्याय तथा संसदिय व्यवस्थामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक,२०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

त्यसअघि विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिंदै सांसदहरुले तीन तहका सरकारको संचालनमा सकारात्मक अन्तरसम्बन्ध र अधिकारमा पनि स्पस्ट हुनेगरी कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

विधेयकका सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै कानुनमन्त्री भानुभक्त ढकालले सरकारले विधेयकमाथिको छलफलका क्रममा प्राप्त सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्ने बताउनुभयो ।

वैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button