तपाईँ सुन्दै हुनुहुन्छः

‘छुटेका आदिवासीलाई सूचीकृत गर्न सरकार प्रतिवद्ध’

कुुमोद अधिकारी, विराटनगर । सङघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले सूचीकृत हुन छुटेका आदिवासी समुदायलाई सूचीकृत गर्न सरकार प्रतिवद्ध रहेको वताउनुु भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महासंघकाृे प्रथम राष्ट्रिय अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्नुुहुुदै मन्त्री पण्डितले संविधानले सबै जातजाती र भाषाभाषीको अधिकार सुुनिश्चित गरेकाले संविधान प्रदत्त अधिकारमा कुनै कटौती नहुने स्पष्ट पार्नुभयो ।

उहाँले संविधानमा सूचीकृत हुन छुटेका थप ४४ आदिवासी जातिलाई सूचीकृत गर्न अफनो सहयोग रहने उल्लेख गर्नुुभयो ।

सङघीय सांसद अमनलाल मोतिले आदिवासी माग सम्वोधनका लागि संविधान संशोधन गर्न सहयोग गर्ने वताउनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button