तपाईँ सुन्दै हुनुहुन्छः

मुस्ताङमा पर्यटकको चाप

सुरेन्द्रमणि त्रिपाठी । मुस्ताङका गन्तव्यस्थलहरुमा अहिले पर्यटकको चाप बढेको छ । विदेशी पर्यटकमध्ये बढी भारतीय रहेका छन् ।

पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ पुगेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ । एक्यापका अनुसार गएको अङ्ग्रेजी महिना जनवरीदेखि अप्रिलसम्म १६ हजार ५५७ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् ।

जसमध्ये सबैभन्दा बढी अप्रिल महिनामा १० हजार २२९ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए ।

मुस्ताङ घुम्ने आन्तरिक पर्यटक विदेशीको तुलनामा दोब्बर बढी हुने गरेका र हाल दैनिक सयौं पर्यटक देशका विभिन्न स्थानबाट मुस्ताङ पुग्ने गरेका जोमसोमका होटल व्यवसायी सम्झना रानाले बताउनुभयो ।

उता गर्मी बढ्दै गएपछि इलामका चिया बगानहरुमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।

गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम पुगेका त्यहाँका होटेल व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button