तपाईँ सुन्दै हुनुहुन्छः

ए डिभिजन फुटबल क्लबहरु सम्मानित

काठमाडौं । काठमाडौँ महानगरपालीकाले काठमाडौँमा रहेका ए डिभिजन फुटबल क्लबलाई सम्मान गर्नुका साथै बि र सी डिभिजनमा रहेका क्लबलाई नगद अनुदान प्रदान गरेको छ ।

गत वर्ष अखिल नेपाल फुटबल संघद्वारा सन्चालित ए, बि र सी डिभिजन लिग खेलेका क्लबहरुलाई सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच महानगरपालिका प्रमुख विद्या सुन्दर साक्यले सम्मन तथा नगद प्रदान गर्नु भएको थियो ।

कार्यक्रमा ए डिभिजनमा रहेका क्लबहरुलाई कदर पत्र प्रदान गरिनुका सार्थ बि डिभिजनमा रहेका क्लबहरुलाई समान ३ लाख र सी डिभिजनमा रहेका क्लबहरुलाई समान २ लाख रुपैँया प्रदान गरिएको थियो ।

काठमाडौँ महानगरपालीकाले ए डिभिजनमा रहेका क्लबहरुलाई यस अघि नै समान ९ लाख ३० हजार रुपैँया र खेल सामाग्रि प्रदान गरिसकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button