तपाईँ सुन्दै हुनुहुन्छः

न्यूनतम दश कित्ता सेयर सबै आवेदकले पाउने

काठमाडौं । जनताको जलविद्युत् कार्यक्रममा परेका दुई जलविद्युत आयोजनाको सेयरका लागि आवेदन दिने सबैले पाउने भएका छन् ।

आवेदक सबैलाई सेयर वितरण गर्न लागिएको छ । प्रतेक आवेदकले न्यूनतम दश कित्ता सेयर सबैले पाउने छन ।

नेपाल धितोपत्र बार्डले दश कित्ता सम्मको आवेदन गर्न पाउने व्यवस्था गरेकोले आवेदक मध्ये सबैलाई १० कित्ताका दरले वितरण गर्ने सम्बन्धी आवश्यक छलफल गर्ने तयारी भएको छ ।

साञ्जेनको ४९ लाख ८२ हजार २ सय ५० कित्ता सेयर तथा रसुवागढीकोे ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता गरी कुल १ करोड ४३ लाख २१ हजार ७ सय १७ कित्ता सेयर आवेदन खुल्ला भएकोमा रसुवागढीको सेयर किन्न ३ लाख ७ हजार आवेदकले निवेदन दिएका थिए ।

त्यस्तै साञ्जेनमा ३ लाख ४ हजार २ सय १४ आवेदकले १ करोड ४१ लाख ४१ हजार ७ सय ५० कित्ता किन्न आवेदन दिएका थिए ।

बिहीबार ऊर्जा मन्त्रालयमा ऊर्जामन्त्री बर्षमान पुनको उपस्थितिमा सेयरको बाँडफाँडको तयारी गरेको बिक्रि प्रबन्धकहरुले जनाएका छन ।

साञ्जेनको बिक्री प्रबन्धक नागरिक लगानी कोष र रसुवागढीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button