तपाईँ सुन्दै हुनुहुन्छः

मौरी पालक कृषकलाई घार वितरण

ओखलढुंगा-ओेखलढुंगाको सिद्धिचरण नगरपालिकाले मौरी पालन गर्ने कृषकहरुलाई मौरीको घार वितरण गरेको छ । नगरपालिका अन्तर्गत रहेको कृषि विकास शाखाले ७५ प्रतिशत अनुदानमा नगरपालिकाका विभिन्न कृषक समूहहरुलाई मौरी सहितको घार र मौरी पालनका लागि चाहिने सामाग्रीहरु वितरण गरेको हो ।

कृषकहरुले व्यवसायिक रुपमा मौरी पालनगरि त्यसवाट आयआर्जन वृद्धि गराउन तथा उनीहरुको जिवनस्तर उकास्न सहयोग पु¥याउने उद्देश्यले सामाग्री वितरण गरिएको नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङले बताउनुभयो । नगरपालिकाले वडा नं ८ लगलगेको सिद्धेश्वरी कृषक समुहलाई १० घार, वडा नं ११ कमिरेडाडाको उन्नत जातका पशु पालन कृषक समूहलाई १२ घार वितरण गरेको छ । त्यसैगरि वडा नं ७ विगुटारको जनउत्थान कृषक समूहलाई २१ घार र कृषक समूह भन्दा बाहिरका कृषकलाई ७ घार गरि जम्मा ५० घार हस्तान्तरण गरिएको नगरपालिका कृषि विकास शाखाका प्रमुख भिम नेपालीले जानकारी दिनुभयो ।

कृषक समुहलाई मौरी घार गोला सगै मौरी पालनका लागि आवश्यक पर्ने टोपी, रानु गेट, आधार चाका, मौरी स्ट्याण्ड, मौरी झोला र पञ्जा वितरण गरिएको छ । मौरी पालक कृषकहरुलाई मौरी र घार वितरण गरे सगै आवश्यकता अनुसार घरमा नै गएर प्राविधिक सेवा समेत उपलब्ध गराईने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button