तपाईँ सुन्दै हुनुहुन्छः

संघीयताको महत्व र मर्म बुझ्न नसक्दा कार्यान्वयनमा समस्याः स्वास्थ्यमन्त्री यादव

काठमाण्डौ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीयताको महत्व र मर्म बुझ्न नसक्दा कार्यान्वयनमा अल्झन भईरहेको बताउनु भएको छ ।

प्रदेश नं. १ स्तरिय पार्टीको प्रथम एकता अधिवेशनको आज विराटनगरमा उद्घाट्न गर्नुहुदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनुभएका उपप्रधान मन्त्री यादवले नेपाल कम्यूनिष्ट पार्टी र नेपाली काँग्रेसको नीति विपरित संघीयता आएका कारण कार्यान्वयनमा समस्या भएको आरोप लगाउनुभयो ।

उहाँले संविधान कार्यान्वयनमा देखिएको जटिलता पनि मुख्य पार्टीको कारण नै सिर्जना भएको जिकिर गर्दै संघीयता व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button